Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृ त्यु एक घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृ त्यु एक घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७८ मंगलवार • १६:०८:४५ बजे
  • 1.7K
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृ त्यु एक घाइते

    भक्तपुर अरनिको राजमार्ग अन्तर्गत कौशलटारमा आसोज १८ सोमवार राति ११ः३५ बजे मोटर साइकल दु र्घ ट ना भएको छ ।

    images

    भक्तपुरबाट काठमाण्डौ तर्फ जादौ गरेको ना ३२ प ६६७३ नम्वरको पल्सर मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको रेलिङमा ठोक्किएर दुर्घटना भएको महानरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    मोटरसाइकल चालक पर्सा बिरगंञ्ज अहानगरपालिका वडा नं. २० घर भई हाल भक्तपुर नगरापालिका वडा नं.१० कमलविनायक बस्ने बर्ष ३० को लोकनाथ ठाकुरको भक्तपुर ईन्टरनासनल अस्पताल कौशलटारमा राति ११ः५५ बजे मृ त्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    मोटरसाइकलको पछाडि बस्ने पर्सा जिल्ला बिरगञ्ज महानगरपालिका वडा नं. २० घर भई हाल ई.प्र.का. चन्द्रनिगाहापुर रौतहटमा कार्यरत प्रहरी हवल्दार सियाराम सिंहलाई नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौमा उपचार भईरहेको परिसरले जनाएको छ ।

    बाघले आक्रमण गरेर एक युवकलाई बेपत्ता बनायो


    चितवनमा बाघले आक्रमण गरेर एक युवकलाई वेपत्ता बनाएको छ । कुमरोज सामुदायिक वनमा बाघले आक्रमण गर्दा खैरहनी नगरपालिका वडा नम्बर १३ निवासी अन्दाजी बर्ष २५ को दिनेश बोटे वेपत्ता भएका छन् ।

    ५–६ जनाको समूहमा रहेका बोटेलाई बाघले आक्रमण गरेर जंगलभित्र लगेको स्थानीयले बताए । उनीसँगै गएका अरु भागेर बच्न सफल भएका छन् ।

    बाघले एकजनालाई आक्रमण गरेको खबर आएको र उनको खोजीको लागि हात्ती सहित निकुञ्जको टोली परिचालन भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology