Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज सोह्रश्राद्ध सकिंदै, भोलिदेखि दसैं

आज सोह्रश्राद्ध सकिंदै, भोलिदेखि दसैं

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २०, २०७८ बुधवार • १०:००:३७ बजे
  • 796
    SHARES
  • आज सोह्रश्राद्ध सकिंदै, भोलिदेखि दसैं

    पितृपक्ष अर्थात् सोह्रश्राद्ध आजबाट सकिँदै छ । भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो ।

    images

    सोह्र श्राद्धमा घर वा तिर्थस्थलमा पितृहरूको श्राद्धकर्म गरी पितृको सम्झना गर्ने धार्मिक प्रचलन छ । जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ ।

    पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात् पिण्डदान गरिन्छ । पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारण सोह्रश्राद्धको अरु तिथिमा श्राद्ध गरिएन भने पनि औँसी तिथिमा गर्न सकिने कर्मकाण्डीय व्यवस्था रहेको छ ।

    कूर्म पुराणका अनुसार सोह्र श्राद्धको औंसीको दिन पितृहरू वायुको रूपमा मत्र्यलोक आउने र त्यसदिनको साँझसम्म आफ्ना कुलका वंसजहरूले श्राद्ध गरे नगरेको हेर्ने गर्दछन् ।

    पितृहरू दिवंगत भएको वार्षिक तिथिमा अझ औंशीको दिनमा विशेष गरेर पितृका नाममा दान गर्ने, तर्पण दिने, पूजा गर्ने, यज्ञ गर्ने धार्मिक प्रचलन रहेको छ ।

    सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले औंसी तिथिमा श्राद्ध गर्ने धार्मिक नियम रहेको छ ।

    श्राद्ध कर्मलाई आफ्नै घरमा गर्नु उत्तम मानिन्छ । यदी घरमा श्राद्ध तर्पणादि कार्य सम्भव नभए नजिकैको तीर्थस्थल वा मन्दिरमा गर्नु पनि उत्तिकै उपयुक्त र फलदायी नै मानिन्छ ।

    पौराणीक ग्रन्थहरूमा उल्लेख भए अनुसार मानिस देवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । भक्तिपूर्ण श्राद्धकर्म सकेपछि मात्रै पितृऋणबाट मुक्ति पाइने विश्वास रहेको छ ।

    पितृऋणबाट मुक्त हुन सकिएन भने हामीले गरेका पुण्यकर्महरूको कुनै अर्थ रहँदैन । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्षको सुरुवात हुन्छ । दार्गा पक्ष अर्थात् बडादसैं भोली देखी सुरु हुँदै छ ।

    भोलि २१ गते सबैको दसैंघर वा पूजा कोठमा घटस्थापना गरीन्छ । भोलिदेखि नवरात्रको नौ दिनसम्म देवीको नौ अवतारको पुजा आराधना गरी दसौं दिन देवीको टिका प्रसाद ग्रहण गरी कोजाग्रत पूर्णिमाका दिन देवीको प्रसादलाई सेलाएर दसैंको बिदा गरिन्छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology