Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजा फैलिएको आशंका, १२० जना अस्पतालमा भर्ना

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजा फैलिएको आशंका, १२० जना अस्पतालमा भर्ना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २०, २०७८ बुधवार • ११:५०:३८ बजे
  • 733
    SHARES
  • कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजा फैलिएको आशंका, १२० जना अस्पतालमा भर्ना

    कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजा फैलिएको आशंका गरिएको छ ।

    images

    जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, प्रदेश स्वास्थ्य निर्देशनालयको अनुगमन टोलीले बिरामीको लक्षण र सङ्क्रमणको अवस्था हेर्दा हैजा फैलिएको आशंका गरेका छन् ।

    रोगको पुष्टि गर्नका लागि केही बिरामीको दिसाको नमुना संकलन गरी ल्याबमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए ।

    प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन भए पनि बिरामी आउने क्रम जारी रहेको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले बताए ।

    मंगलवार साँझ ६ बजे सम्म १२० जना शिवराज अस्पताल बहादुरञ्जमा भर्ना भएका थिए । भर्ना भएकामध्ये २० जनालाई थप उपचारका लागि बुटवल र तौलिहवा रेफर गरिएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १३ जना बिरामीलाई कपिलवस्तु अस्पताल तौलिहवा र ८ जनालाई बुटवलतर्फ थप उपचारका लागि पठाइएको छ ।

    मंगलवार रातिदेखि बुधवार बिहानसम्म करिब ५० जना बिरामी थप भएको बताइएको छ । जम्मा प्रभावितको संख्या एकिन हुन सकेको छैन ।

    चिकित्सक अभाव भएपछि उपचारका लागि प्रदेशबाट २ जना चिकित्सक पठाइएको छ । नगरपालिकाको ७, ८ र ९ वडाका सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेसपुर, डावरालगायतका बस्तीमा रोग फैलिएको छ ।

    प्रभावित क्षेत्रमा बिरामीलाई निजी क्लिनिक र शिवराज अस्पतालका गल्ली, बरन्डा र विद्यालयमा राखी उपचार गरिएको छ । रोग फैलिदा २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।

  • सम्बन्धित विषय:

  • # हैजा फैलिएको आशंका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology