विराटनगर रानीबाट प्रहरीले मा नव अं ग बरामद गरेको छ ।
भारतबाट नेपालतिर आइरहेको भ्यानबाट सशस्त्र प्रहरीले २८ वटा मा नव ख प्पर र हा त खु ट्टाका १० वटा ह ड्डी ब रामद भएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।
विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले सोमबार राति भ्यानबाट शं कास्पद वस्तु फेला पारेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा ती वस्तु मा निसको ख प्पर र हा त खु ट्टाको ह ड्डी रहेको प्रहरीले निश्कर्ष निकालेको छ । रातको समयमा भारतको जोगवनीबाट को २ च ९६४८ नम्बरको मारुती भ्यान ती सामग्री बरामद भएको थियो ।
प्रहरीले भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र भेनमा रहेका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुले सामान काठमाडौंँँ लैजाने तयारी रहेको बयान दिएका छन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले घटनाको अनुसन्धान भइरहेको बताए ।
ती वस्तु कता लैजान खोजिएको भन्ने नखुलेको उनले बताए ।
पक्राउ परेकाहरु भरिया रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निश्कर्ष छ । उनीहरुले काठमाडौंँसम्म लैजाने वयान दिएपनि के मा प्रयोग हुन्छ भन्ने खुलाएका छैनन् ।