Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दसैंलाई लक्षित गरेर चीनबाट ल्याएका जुत्ताचप्पल नाकामै रोकिए

दसैंलाई लक्षित गरेर चीनबाट ल्याएका जुत्ताचप्पल नाकामै रोकिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७८ बिहिवार • ०९:५४:२९ बजे
  • 760
    SHARES
  • दसैंलाई लक्षित गरेर चीनबाट ल्याएका जुत्ताचप्पल नाकामै रोकिए

    जुत्ता व्यवसायी देवेन्द्र कुमारले दसैंलाई लक्षित गरेर चीनबाट ल्याएका दुई गाडी जुत्ताचप्पल तीन महिनादेखि केरुङ नाकामा रोकिएका छन्। जुत्ता नआएपछि देवेन्द्र दसैंमा के बेच्ने भन्ने चिन्तामा छन् ।

    images

    ‘अहिलेसम्म कोभिडले व्यापार भएको थिएन,’ उनले भने, ‘दसैंमा जुत्ताचप्पल बेचौंला भनेको, ती सामान बोकेर आएका गाडी सीमानाकापारि नै रोकिए।’ दसैंका लागि नेपाली व्यापारीले खरिद गरेका सामान बोकेर चीनको गोन्जाउ सहरबाट नेपालतर्फ हिँडेका करिब आठ सय गाडी उत्तरी सीमावर्ती चिनियाँ क्षेत्रमा रोकिएका छन् ।

    कोभिडका कारण चिनियाँ पक्षले तातोपानी र केरुङ नाकाबाट थोरै गाडीमात्र पास गरेकाले सामान अड्किएका हुन्। कोभिड सुरु हुनअघि दैनिक करिब दुई सय ५० मालवाहक गाडी नेपाल भित्रिने केरुङ नाकाबाट अहिले मुस्किलले नौ गाडीसम्म आउने गरेको अवस्था छ। त्यसैगरी, तातोपानी नाकाबाट पनि सोही हाराहारीमा सामान आयात भैरहेको छ।

    नेपाली व्यापारीले खरिद गरेका सामान बोकेर आएका करिब आठ सय गाडी चिनियाँ सीमा क्षेत्रमा रोकिएको हिमालय सीमापार वाणिज्य संघका महासचिव भरत कार्कीले बताए।

    ‘केरुङ र तातोपानी हुँदै आउने करिब आठ सय गाडी सामान उतै सीमापारि रोकिएका छन्,’ कार्कीले भने, ‘दसैंका सामान रोकिएपछि व्यापारीको बिचल्ली भएको छ।’ संघका अनुसार केरुङतर्फ करिब साढे छ सय र तातोपानी नाकातर्फ डेढ सय मालवाहक गाडी रोकिएका छन्।

    अघिल्ला वर्षको तुलनामा चिनियाँ पक्षले निकै कम गाडी छाडेकाले समस्या भएको रसुवाका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए। ‘कोभिड सुरु हुनुअघि दैनिक अढाई सय गाडी यो नाका हुँदै आउँथे,’ रेग्मीले भने, ‘अहिले दैनिक सातदेखि नौ गाडी सामान आइरहेको छ।’

    दसैंका बेला सामान ल्याउन दबाब बढेको रेग्मी बताउँछन्। ‘चाडपर्वमा धेरै सामान आउने भएकाले भनेजति पास भएको छैन,’ उनले भने, ‘कोटा तोकेर आएकाले कठिनाइ भएको हो।’

    दसैंका लागि तीन/चार महिनाअघि अर्डर गरेका सामान नआएपछि व्यापारी चिन्तित छन्। दसैंमा बिक्री गर्ने जुत्ताचप्पल, कपडा, विद्युतीय सामग्रीलगायत करोडौंका सामग्री रोकिएको व्यापारीले बताएका छन्।

    समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology