Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ८०५ कोरोना संक्रमित, ८ जनाको मृत्यु

थप ८०५ कोरोना संक्रमित, ८ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७८ बिहिवार • २०:२९:४१ बजे
  • 841
    SHARES
  • थप ८०५ कोरोना संक्रमित, ८ जनाको मृत्यु

    नेपालमा बिहीबार थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ७ हजार २ सय ६४ पिसिआर परिक्षणका क्रममा ६ सय ६७ र ३ हजार ४ सय ८ एन्टीजेन परिक्षणका क्रममा १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९३ हजार ७२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण ११ हजार २ सय जनाको मृत्यु छ ।

    त्यस्तै थप ९ सय ११ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७३ हजार १ सय ४० संक्रमित कोरोनामुक्त भएका छन् ।

    हाल १५ हजार ९ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology