Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निजामती सेवा विधेयक फिर्ता

निजामती सेवा विधेयक फिर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७८ शुक्रवार • १४:३०:१९ बजे
  • 733
    SHARES
  • निजामती सेवा विधेयक फिर्ता

    सरकारले प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भन्ने समाचारमा सत्यता नभएको जनाएको छ ।

    images

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधान्यायाधीशले मन्त्रिमण्डलमा भाग मागेको भन्ने विषयमा सत्यता नरहेको भन्दै यस किसिमको भ्रममा नपर्न आग्रह गरे ।

    बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले प्रधानन्यायाधीशले सरकारमा भाग मागेको भन्ने आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

    जबाफमा कार्कीले प्रधानन्यायधीशले मन्त्रिमण्डलमा भाग खोजेको विषयमा सत्यता नभएको बताए । बैठकबाट निजामती विधेयक २०७५ बहुमतले फिर्ता भएको छ ।

    बैठकमा कानुनमन्त्री कार्कीले निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गरेको थियो । जसलाई सभाले बहुमतले स्वीकृत गरेको हो ।

    त्यस्तै बैठकले रेल्वे विधयेक फिर्ता लिन राष्ट्रियसभाको सहमतिका निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

    यस्तै, शुक्रबार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ । गत भदौ २३ गते सुरू भएको प्रतिनिधिसभाको अधिवेशनको सुरूको बैठकदेखि नै एमालेले विरोध गर्दै आएको छ ।

    माधव नेपाललगायत १४ सांसद्लाई पदमुक्त गर्न लेखिएको पत्र कार्यान्वयन नगरेको भन्दै सभामुख अग्नि सापकोटाविरुद्ध एमालेले सदनमा निरन्तर विरोध गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # विधेयक फिर्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology