Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मनसुन :अब ठूलो पानी नपर्ने

मनसुन :अब ठूलो पानी नपर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७८ शनिवार • १०:१२:५६ बजे
  • 865
    SHARES
  • मनसुन :अब ठूलो पानी नपर्ने

    नेपालको पश्चिमी भू–भागबाट मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारबाट सुदूरपश्चिम र कर्णालीबाट मनसुन पूर्ण रुपमा बाहिरिएको हो ।

    images

    लुम्बिनीका पश्चिमी भुभागबाट पनि बहिर्गमन भएको महाशाखाले जानकारी दिएको छ ।

    केही दिनभित्र पूर्वी नेपालबाट पनि मनसुन बाहिरिएसँगै बर्खा पूर्ण रुपमा सकिनेछ ।

    ‘नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन,’ महाशाखाले भनेको छ, ‘नेपालमा मनसुनको बहिर्गमनको औसत २ अक्टोबर भए पनि यस वर्षको मनसुन औसत मिति भन्दा केही पछाडी सरेको छ।’

    आज बिहान प्रदेश १ र बाँकी पहाडी भू–भागको मौसम आँशिकदेखि सामान्य बदली भएको छ ।

    प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षा भएको छ ।

    आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक÷दुई स्थानमा र बाँकी प्रदेशका थोरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मनसुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology