Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सोमबार खुल्दै इजरायल रोजगारीमा जानेहरुको नतिजा

सोमबार खुल्दै इजरायल रोजगारीमा जानेहरुको नतिजा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७८ शनिवार • १०:२१:२६ बजे
  • 1.0K
    SHARES
  • सोमबार खुल्दै इजरायल रोजगारीमा जानेहरुको नतिजा

    इजरायलमा सुसारे (केयरगिभर) कामका लागि जान भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षामा रहेकाहरूको अन्तिम परिणाम आउँदो सोमबार सार्वजनिक गरिने भएको छ ।

    images

    वैदेशिक रोजगार विभागबाट लिइएको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारका तर्फबाट छनोटको प्रतीक्षामा रहेकाहरूको प्रतीक्षाको समय सोमबार सकिने भएको हो ।

    नेपाली समयअनुसार सोमबार दिउँसो साढे १२ बजे इजरायलको जेरुसेलममा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा लट्रीमार्फत श्रमिकको छनोट गरिनेछ ।

    हाल भाषा परीक्षणमा उत्तीर्ण भएका एक हजार ६०० जनामध्येबाट एक हजार जना छनोट गरिनेछ ।

    इजरायलमा हुने उक्त लट्रीको नेपालस्थित इजरायली दूतावासको फेसबुक पेज ‘इजरायल इन नेपाल’मार्फत उम्मेदवारहरूले प्रत्यक्ष हेर्न सक्ने दूतावासले जानकारी दिएको छ ।

    विभागले अन्तर्वार्ताबाट छनोट भएका एक हजार १२० महिला र ४८० जना पुरुष गरी एक हजार ६०० जनाको सूची गत १० गते नै नेपालस्थित इजरायली दूतावासमा पठाएको थियो ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # इजरायल रोजगारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology