Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दूध बोक्ने सवारीलाई छुट्टै लोगो

दूध बोक्ने सवारीलाई छुट्टै लोगो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७८ शनिवार • १०:२३:२३ बजे
  • 844
    SHARES
  • दूध बोक्ने सवारीलाई छुट्टै लोगो

    कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलव्ध हुने प्रतीक चिह्न (लोगो) सहज हुने सरोकारावालाले बताएका छन् ।

    images

    बन्द, हड्ताल, बन्दाबन्दीलगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परेपनि विभिन्न बहानामा रोकावट भइरहेकोमा लोगोको प्रयोगबाट समस्या निराकरण हुने विचार सरोकारवालाले व्यक्त गरेका छन् ।

    अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुनाले राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि प्रतीक चिह्न (लोगो) तयार गरी ढुवानी साधनमा प्रगोग गर्न सुरु गरेको छ । दूध ढुवानी गर्ने गाडीको छुट्टै पहिचान नभएकाले बिना कारण विभिन्न ठाउँमा रोकावट हुने गरेको र त्यसले गर्दा दूध समयमा नपुग्दा बिग्रिने र क्षति हुने गरेको छ ।

    दुग्ध विकास संस्थान एवं दुग्ध उद्योग व्यवसायीलाई सहजरुपमा दूध ढुवानी गर्ने सवारी साधनलाई लोगो लगाउने कार्यबाट किसानलाई आर्थिकरुपमा समृद्धि कायम हुनुका साथै मुलुकमा रोजगारीसमेत वृद्धि हुने सहभागीले धारणा राख्नुभएको छ ।

    दूध बोकेका सवारी साधनलाई निर्वाधरुपमा आवतजावतमा सहज होस् भत्रे उद्देश्यले राष्ट्रिय दुग्ध विकास बोर्डले विराटनगर दुग्ध वितरण आयोजना र अन्य दुग्ध उद्योगका २९ वटा दूध ढुवानी गर्ने सावारी साधनमा प्रतीक चिह्न (लोगो) टाँस गरिएको छ ।

    विकास बोर्ड ललितपुरद्वारा दूध तथा ढुवानी गर्ने सवारी साधनमा प्रयोग गर्ने प्रतीक चिह्न (लोगो) को प्रचारप्रसारका लागि प्रदेशस्तरीय सरोकारवाला निकायबीच शुक्रबार आयोजित अन्तक्र्रियामा सहभागीले लोगोको कारणले किसानले बिना अवरोध ल्याएको दूध समयमा पुग्ने र गुणस्तरीय दूध उपभोक्ताले प्राप्त गर्न सहज हुने बताए ।

    संस्थानका गाडीमा प्रदेश नं १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा रामनन्दन तिवारी तथा बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवले संयुक्तरुपमा लोगो लगाएका थिए ।

    सचिव तिवारीले किसानले उत्पादन गरेको दूधलाई संस्थानसम्म पु¥याउन लोगोले आवश्यक सहयोग पुग्ने र यस्ता सवारी साधनलाई निर्वाधरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए ।

    समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # दूध बोक्ने सवारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology