Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नवरात्रिको तेश्रो दिन :चन्द्रघण्टा देवीको पूजा

नवरात्रिको तेश्रो दिन :चन्द्रघण्टा देवीको पूजा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७८ शनिवार • १०:३१:२० बजे
  • 1.1K
    SHARES
  • नवरात्रिको तेश्रो दिन :चन्द्रघण्टा देवीको पूजा

     नेपालीहरूको महान् पर्व बडादशैँको आज तेस्रो दिन, भगवती माता चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै छ ।

    images

    नवरात्रिको तेस्रो दिन आज हिन्दू धर्मालम्बीहरूले देवी चन्द्रघण्टाको पूजा आराधना गर्दछन् । देवी भागवत पुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा व्रत बस्ने गरिएको छ ।

    नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ । देवी मन्दिर एवं शक्तिपीठहरुमा पुजा गर्नेहरुको बिहानै देखि भीड लागेको छ ।

    यस दिन विशेषगरी राजधानीका गुहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटन देवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पनि पूजाआजा हुने गर्छ ।

    आजको दिन चन्द्र घण्टाको पुजागर्दा सुख प्राप्ती तथा बृत्ति बिकास हुने मान्यता रहि आएको छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ ।

    चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ ।

    आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्परा अनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

  • सम्बन्धित विषय:

  • # नवरात्रिको तेश्रो दिन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology