Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्ने

साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७८ शनिवार • १३:२१:५१ बजे
  • 745
    SHARES
  • साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्ने

    साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि चिनियाँ कम्पनी सीएचटिसी किनविन अटोमोबाइल कर्पोरेशनसँ सम्झाैता गरेकाे छ ।

    images

    साझा यातायातको तर्फबाट संचालक समिति सदस्य बन्दना थापा र सिएचटिसीको तर्फबाट नेपाल प्रतिनिधि एनइभी नेपाल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक राजन रायमाशीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    सम्झौताअनुसार साझाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर रुपैयाँ तिर्नुपर्ने जनाइएकाे छ ।

    यसबाहेक पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्ट्सका लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ साझाले अलग्गै ब्यहोर्ने शर्त सम्झौतामा राखिएको छ।

    तुलाधरका अनुसार चार महिनामा तीनवटा बस परिक्षण लागि ल्याउने गरी सम्झौता भएको छ। तीनवटा बस ल्याएर परीक्षण भएपछि आठ महिनाभित्र थप ३७ वटा बस ल्याइसक्नु पर्ने सम्झाैतामा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # साझा यातायात
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology