Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वडाध्यक्ष १० हजार घुस रकमसहित पक्राउ

वडाध्यक्ष १० हजार घुस रकमसहित पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २४, २०७८ आइतवार • २३:४९:५७ बजे
  • 1.1K
    SHARES
  • वडाध्यक्ष १० हजार घुस रकमसहित पक्राउ

    जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकाका-५ का वडाध्यक्ष १० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

    images

     

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले मटिहानी नगरपालिका–५ का वडा अध्यक्ष रामाबहादुर महतोलाई १० हजार घुससहित पक्राउ गरेको हो ।

    जन्मदर्ता बनाउन घुस लिएका वडा अध्यययक्षलाई आइतबार साँझ वडा कार्यालयबाटै आयोयको टोलीले पक्राउ गरेको बताइएको छ ।

    महतोलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रियाका अगाडि बढाइएको अख्तयारले जनाएको छ ।

    राष्ट्र बैंकबाट ऋण लिँदै,बैंकहरू

    अधिकांश बैंक अहिले ऋण दिने अवस्थामा छैनन्। बरु राष्ट्र बैंकबाट सापटी लिएर गर्जो टारिरहेका छन्। एक बैंकले अर्कोलाई महँगोमा पनि सापटी दिन सकिरहेका छैनन्। तरलता (लगानीयोग्य पुँजी) बढाउन हम्मेहम्मे परिरहेको छ।

    थप स्रोत जोहो गर्न अधिकांशले ब्याजदर १ देखि साढे १ प्रतिशतसम्म बढाएर दोहोरो अंकसम्म पुर्‍याए। त्यसबाट पनि लगानी क्षमता बढेन। यो समस्या किन त रु विज्ञका अनुसार दसैं किनमेल गर्न सर्वसाधारण र व्यवसायीले बैंकबाट पैसा निकाले।

    रेमिट्यान्स सोचेजति आएन। बजेट पनि समयमा कार्यान्वयनमा गएन। बैंकले पाउने जति लगानी गरिसके। ब्याजदर बढाए पनि अपेक्षाअनुसार निक्षेप संकलन भएन ।

    मेगा बैंकका चिफ क्रेडिट अफिसर अमिर श्रेष्ठ केन्द्रीय बैंकले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)को सीमा तोक्नुअघि नै सोभन्दा बढी भएकाले घटाउनतर्फ लागेको बताउँछन्।

    ‘अहिले हाम्रो तरलता टाइट छ। पहिलाकै कर्जा हो। अहिले माग धेरै आएको छ। तर, दिन सकेका छैनौं’, श्रेष्ठ भन्छन्, ‘हामी सीमासम्म झार्नमा केन्द्रित छौं।’ मेगाको कर्जा–निक्षेप अनुपात ९२.१० प्रतिशतसम्म पुगेको छ।

    केन्द्रीय बैंकले मौद्रिक नीति र त्यसपछिका सर्कुलरमार्फत बैंक तथा वित्तीय संस्थाको अधिकतम सीमा ९० प्रतिशतसम्म कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)को व्यवस्था गर्न निर्देशन दिएको थियो।

    यो भनेको बैंकले १ सय निक्षेप छ भने त्यसबाट ९० रुपैयाँसम्म लगानी गर्न पाउँछन्।

  • सम्बन्धित विषय:

  • # घुससहित पक्राउ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology