Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अछाममा जन्ती बोकेको जिप दुर्घ’टना : चार जनाको मृ’त्यु, १४ घा’इते

अछाममा जन्ती बोकेको जिप दुर्घ’टना : चार जनाको मृ’त्यु, १४ घा’इते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २५, २०७८ सोमवार • ०९:५८:१५ बजे
  • 1.2K
    SHARES
  • अछाममा जन्ती बोकेको जिप दुर्घ’टना : चार जनाको मृ’त्यु, १४ घा’इते

    अछाम । अछाममा जिप दुर्घ’टना हुँदा चार जनाको मृ’त्यु भएको छ भने १४ घा’इते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार गए राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घ’टनामा परेको हो ।

    images

     

    प्रहरीका अनुसार दुर्घ’टनामा परी पञ्चदेवल विनायक नगरपालिका–३ का १६ वर्षीय जीवन जैसी, सोही वडामा १८ वर्षीय सर्प बोहरा, १३ वर्षीय जीवन न्यौपाने र १५ वर्षीय हिमाल नेपालीको मृ’त्यु भएको छ । जैसीको घटनास्थलमै मृ’त्यु भएको छ भने अन्य तीन जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

    घा’इते भएकामध्ये दुईलाई थप उपचारका लागि गए राति नै नेपालगञ्ज पठाइएको छ र अन्य १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “ग’म्भीर अवस्थामा रहेका दुई जनालाई हामीले नेपालगञ्ज पठाइसकेका छौँ, अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ, उपचार भइरहेकाको अवस्था जटिल छैन । जिप अ’नियन्त्रित भएर दुर्घ’टना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

    यस्तै आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घ’टनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृ’त्यु भएको थियो ।

    जिपमा सवार रहेका १९ जनामध्ये आइतबार वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा दुई जना र गए राति पोखरास्थित मणिपाल अस्पतालमा थप एकसहित तीन जनाको मृ’त्यु भएको हो ।

    मृ’त्यु हुनेमा गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली, सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्मा रहेकी छन ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology