Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाइला-पाइलामा लुटिन्छन् दसैंमा फर्किने नेपाली

पाइला-पाइलामा लुटिन्छन् दसैंमा फर्किने नेपाली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०७८ सोमवार • ११:१२:५७ बजे
  • 613
    SHARES
  • पाइला-पाइलामा लुटिन्छन् दसैंमा फर्किने नेपाली

    बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत–पसिना बगाउँछन्। त्यसकै कमाइ बोकेर दसैं, तिहारलगायत चाडबाड मनाउन घर फर्किंदा बाटोमा लुटिन्छन्।

    images

    कतिपय त सबै लुटिएर रित्तो हात फर्किनुपर्छ। डोटीको केआई सिंह गाउँपालिका–४ चंगेसेनका प्रताप विकले भारतको पञ्जाबबाट दीपायलसम्मको गाडी भाडा ३ हजार ६ सय ८० तिरे।

    ‘बाटोमा सामान झार्न, चढाउन समस्या हुन्छ भनेर यति महँगो रकम तिरेँ। तर, केही सजिलो भएन’ विकले भने, ‘झन् तीन दिनमा मात्रै बोर्डर पुर्‍यायो। तीन महिनामा जोगाएर ल्याएको रकम बाटोमै सकिन थाल्यो।’

    पञ्जाबबाट रोडवेज गाडीको भाडा गौरीफन्टा सीमासम्म ८ सय भारु छ। नेपाली १ हजार २ सय ८० रुपैयाँ हो। धनगढीबाट दीपायलसम्म बस चढ्दा ६ सय ५० रुपैयाँ तिर्नुपर्छ।

    आफैं टिकट काटेर गन्तव्य गए कुल १ हजार ९ सय ३० रुपैयाँ खर्च हुन्छ। ‘बोर्डरसम्म नेपाली ५ हजार नाघ्यो’, केआई सिंह गाउँपालिकाकै वडा नम्बर १ का गोपाल औजीले भने।

    भारतको लधियानाबाट डोटीको डुमराकोट जान लागेको औजीले सुनाए। ‘हामीलाई छिटो हुन्छ भने। दसैंका बेला भएकाले आएकै दिन धनगढीबाट पनि दीपायलको गाडी पाउँदैन।

    एकमुस्ट टिकट काट्यो भने धनगढी पुग्नेबित्तिकै दीपायल हिँड्ने भने’, उनले भने, ‘तर, तीन दिन भयो बल्ल गौरीफन्टा नाकामा आइपुगेका छौं।’

    पञ्जाबबाट बेलुकी हिँडेको बस अर्को दिन बिहान गौरीफन्टा पुगिहाल्छ। तर, कैलालीसँग सिमाना जोडिएको लखिमपुरमा किसान आन्दोलनमा झडप हुँदा आठ जनाको ज्यान गएपछि सवारी साधन बाटोमै रोकिएका कारण तीन दिन लागेको हो। यो यात्रामा नेपाली मजदुरहरू नेपालीबाटै महँगो टिकटबाट ठगिइरहेका छन्।

    डोटीकै बोगटानका बलराम क्षेत्रीले दुई झोला सामान बढी भएकाले पञ्जाबबाट दीपायलका लागि २ हजार ५ सय भारु ९नेरु ४ हजार० तिरेको सुनाए।

    यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # दसैंमा फर्किने नेपाली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology