Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिका-युरोप मोह : न विदेश पुग्छन्, न सम्पत्ति बाँकी रहन्छ

अमेरिका-युरोप मोह : न विदेश पुग्छन्, न सम्पत्ति बाँकी रहन्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०७८ सोमवार • ११:१५:१६ बजे
  • 1.2K
    SHARES
  • अमेरिका-युरोप मोह : न विदेश पुग्छन्, न सम्पत्ति बाँकी रहन्छ

    केही वर्षअघिसम्म रुकुमका मानबहादुर ओलीलाई दैनिक गुजारा चलाउन खासै समस्या थिएन। गाउँमा जग्गाजमिन पुग्नेजति थियो। मेहनत गरे पुग्नेजति उत्पादन सहजै लिन सकिन्थ्यो। तर उनको चाहना यतिमै रोकिएन।

    images

    साथीको लहलहैमा लागेका उनलाई अमेरिकाको प्रलोभनले सतायो। र, यतिखेर त्यही प्रलोभनका कारण उनी घर न घाटका भएका छन्।

    अमेरिका जान भन्दै पुर्ख्याैली सम्पत्ति बेचेर दलाललाई ४० लाख रूपैयाँ बुझाएका उनको तीन वर्ष बित्दासमेत विदेश यात्रा सफल हुन सकेको छैन।

    स्नातकसम्म अध्ययन गरेका ३० वर्षीय ओलीलाई यतिखेर दैनिक गुजारा कसरी चलाउने भन्ने समस्या थपिएको छ। ‘दलाललाई ४० लाख रूपैयाँ बुझाए सहजै अमेरिका जान पाइने आश्वासन पाएपछि भएको सबै पुख्र्यौली सम्पत्ति बेचें,’ उनले नागरिकसँग भने, ‘तर अहिलेसम्म मेरो अमेरिका यात्रा सफल हुन नसक्दा घर न घाटको भएको छु।’

    उनलाई दलालले अमेरिका पठाउन भन्दै मेक्सिकोसम्म पुर्‍याएका पनि हुन्। मेक्सिकोबाट अमेरिका छिर्ने क्रममा सुरक्षाकर्मीले पक्राउ गरेपछि उनी अघिल्लो वर्ष नेपाल फर्काइए।

    ‘केही घन्टापछि अमेरिका छिर्ने सूचना आइरहेका बेला सुरक्षाकर्मीले पक्राउ गरेर जेलमा हाले,’ उनले भने, ‘करिब ६ महिना जेल बसेपछि अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा नेपाल फर्कन पाएँ।

    ’ उनी अन्य तीन नेपालीसहित दुई पाकिस्तानी र बाँकी बंगाली गरी ११ जना सँगै पक्राउ परेको बताउँछन्। नेपाल फर्केपछि मात्र आफ्नो र परिवारको बिचल्ली हुन थालेको उनको भनाइ छ।

    ‘जुन व्यक्तिले रकम लिएको थियो, त्यो नेपालमा छैन,’ उनले भने, ‘फोनबाट रकम फिर्ता माग्दा अनेक कुरा गर्छ, रकम फिर्ता माग्दा अलमल गरिरहेको छ।’

    याे खबर नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # अमेरिका-युरोप मोह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology