धनगढी । कैलालीमा भैंसी चो’री गरेको आरोपमा प’क्राउ परेका एक युवक प्रहरी हिरासतभित्रै मृ’त अवस्थामा फेला परेका छन् ।
आइतबार भैंसी चो’री गरेको आरोपमा प’क्राउ परेका सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर राना इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतको शौचालयमा सोमबार बिहान मृ’त फेला परेका हुन् ।
प्रहरी हिरासतभित्रको शौचालयको भेन्टिलेसनमा राना झु’ण्डिएको अवस्थामा मृ’त भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।
‘प्रारम्भिक रुपमा हेर्दा भेन्टिलेसनको फलामे डण्डीमा आफ्नै गन्जीले पा’सो लगाएको अवस्थामा राना मृ’त फेला परेका छन्,’ एसपी अधिकारीले भने, ‘घ’टनाको अनुसन्धानका लागि म आफैं अहिले टीकापुर गइरहेको छु ।’
उनका अनुसार जानकी गाउँपालिका–३ तोरैयापुरका स्थानीय किसान पुलुराम थारुको भैंसी चो’री गरेर लैजाँदै गरेको अवस्थामा लम्कीचुहा नगरपालिका–५ थापापुरमा फेला पारेर रानालाई प्रहरीको जिम्मा लगाइएको थियो ।
घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएका बेला उनले हिरासतमै आ’त्मह’त्या गरेको प्रहरीले जनाएको छ ।