Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घन्टामा थपिए ७८५ संक्रमित, १२ जनाकाे मृत्यु

२४ घन्टामा थपिए ७८५ संक्रमित, १२ जनाकाे मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०७८ सोमवार • १९:५१:५१ बजे
  • 964
    SHARES
  • २४ घन्टामा थपिए ७८५ संक्रमित, १२ जनाकाे मृत्यु

    नेपालमा २४ घन्टाको अवधिमा ७८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

    images

    पछिल्लो २४ घन्टामा देशभर ७ हजार २३३ आरटी पिसिआर र ४ हजार ९६२ एन्टिजेन गरी कुल १२ हजार १९५ जनामा परीक्षण गरिएकोमा ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर १४ हजार ७८७ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १३ हजार ६२२ जना होम आइसोलेसनमा, १ हजार १६५ संस्थागत आइसोलेसनमा र २३१ जना क्वारेन्टिनमा रहेका छन् ।

    यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३१४ जना र भेन्टिलेटरमा १११ जना उपचाररत छन् । मन्त्रालयकाअनुसार साेमबार देशभरबाट ८८८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

    योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ७६ हजार ८३१ पुगेको छ ।

    निको हुने दर ९६.८ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा १२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology